लुम्बिनी प्रदेश

पर्यटन ग्रामिण तथा सहरी विकास मन्त्रालय

पर्यटन विकास परिषद्

मुकाम बुटवल

मुख्य पर्यटकीय स्थानको रूपमा पर्यटन प्रवर्धन गरि लुम्बिनी प्रदेशलाई प्रमुख पर्यटन केन्द्रको रूपमा विकास गर्न,  

पर्यटन व्यवसायको स्थापना सुधार, विकास, विस्तार प्रवर्धन तथा संरक्षण र पर्यटन सेवा सुविधा विस्तार गर्न, पर्यटकीय स्थलको स्तरोन्नति तथा नया पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण र विकाशमा लगानी गर्न,

प्रदेशलाई आकर्षक पर्यटन केन्द्रको रुपमा विकास गर्दै लैजान जल, स्थल र बायु मा आधारित मनोरंजनपूर्ण तथा साहसिक पर्यटन सम्बन्धी क्रियाकलापहरूलाई मौलिक सांस्कृतिक र परम्परामा प्रतिकूल असर नपर्ने गरि प्रदेशका विभिन्न भागमा संचालन गर्ने गराउने र त्यस्ता साहसिक पर्यटन सम्बन्धि क्रियाकलापहरु संचालन गर्न

र पर्यटन को प्रवर्धन र विकाश गरि स्थानीयको आर्थिक अवस्था र देशको अर्थतन्त्र मा समेत सहयोग पुर्याउने उदेश्यले पर्यटन विकास परिषद नियमावली, २०७८ अनुसार स्थापना भएको हो ।